०८ साउन २०८३, शुक्रबार

मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा :  सातौँ दिन ६ जनाको उद्धार

कात्तिक ४, २०८१
काठमाडौं
मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा :  सातौँ दिन ६ जनाको उद्धार

मेची-महाकाली राष्ट्रिय उद्धार यात्राको सातौँ दिन शनिबार ६ जना सडक आश्रित मानवहरूको उद्धार गरिएको छ ।

‘यो पटकको चाडपर्वमा कसैले बस्न नपरोस् सडक पेटीमा’ भन्ने भावनासहित मानव सेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनको संयुक्त आयोजनामा यात्रा सुरु भएको हो । मेची-महाकाली राष्ट्रिय उद्धार यात्राअन्तर्गत आइतबार धनुषाको जनकपुरधाम उपमहानगरपालिका-४ मुरली चौकबाट १ जना, क्षिरेश्वरनाथ नगरपालिका-५ महेन्द्रनगरबाट  ३ जना, मिथिला नगरपालिका-६ बाट १ जना र महोत्तरीको बर्दिबास नगरपालिका-१ बाट १ जना गरी ६ उद्धार भएको छ ।

मेचीनगरदेखि सुरु भएको यात्रा आइतबार महोत्तरीको बर्दिबाससम्म आइपुग्दा ७४ जना सडक आश्रित मानवहरूको उद्धार गरिएको मानव सेवा आश्रमका संस्थापक तथा केन्द्रीय अध्यक्ष रामजी अधिकारीले बताए । 

आइतबार उद्धार भएका ३ जना पुरुष र ३ जना महिलालाई आजै  मानव सेवा आश्रम जनकपुरधाम सेवा केन्द्रमा संरक्षणका लागि लगिएको आश्रमले जनाएको छ। 

salt training

कमेन्ट गर्नुहोस्