२९ जेठ २०८३, शुक्रबार

थारू समुदायका प्रथाजन्य कानुनलाई मान्यता दिन माग

कात्तिक ४, २०८१
कञ्चनपुर
थारू समुदायका प्रथाजन्य कानुनलाई मान्यता दिन माग

थारू समुदायका अगुवाहरूले पुस्तौँदेखि चल्दै आएका प्रथाजन्य कानुनलाई सरकारले कानुनी मान्यता दिनुपर्ने माग गरेका छन् ।

थारू कल्याणकारिणीसभाको आयोजनामा शुक्लाफाँटा नगरपालिकामा आज आयोजित नेतृत्व विकास तथा प्रथाजन्य कानुनसम्बन्धी सचेतना कार्यक्रममा सहभागी अगुवाहरूले बरघर प्रथालाई वैधानिकता दिनुपर्नेमा जोड दिएका हुन् । 

थारू बुद्धिजीवी बलबहादुर डगौराले परम्परादेखि चल्दै आएको प्रथालाई जीवन्त राख्न कानुनी मान्यता आवश्यक रहेको बताए । उनले केही स्थानीय तहले बरघर प्रथासम्बन्धी कानुन बनाए पनि कार्यान्वयन नगरेकाप्रति असन्तुष्टि पोखे । 
थारू कल्याणकारिणीसभाका केन्द्रीय सदस्य सीता डगौरालगायतले गाउँको न्यायनिसाफ छिन्ने, धार्मिक सांस्कृति कार्यको अगुवाइ गर्नेदेखि विकास निर्माणमा अहम् भूमिका खेल्ने बरघर प्रथालाई लोप हुनबाट जोगाउनुपर्ने दायित्व तीनवटै सरकारको भएको बताए । 

salt training

कमेन्ट गर्नुहोस्