३२ असार २०८३, बिहीबार

रुसमा हुने ब्रिक्स सम्मेलनमा ब्राजिलका राष्ट्रपति सहभागी नहुने

कात्तिक ५, २०८१
काठमाडौं
रुसमा हुने ब्रिक्स सम्मेलनमा ब्राजिलका राष्ट्रपति सहभागी नहुने

ब्राजिलका राष्ट्रपति लुला डा सिल्भा रुसमा हुन लागेको ब्रिक्स सम्मेलनमा सहभागी हुन नपाउने भएका छन् । टाउकोमा लागेको चोटका कारण आफ्नो आगामी रुस भ्रमण रद्द गरेका हुन् । 

शनिबार ब्राजिलका राष्ट्रपति आफ्नै घरमा दुर्घटनामा परेका थिए । जसमा उनको टाउकोमा चोट लागेको छ । 

लुला दा सिल्भा ब्रिक्स सम्मेलनमा सहभागी हुन आइतबार नै रुस प्रस्थान गर्ने कार्यक्रम थियो । 

ब्राजिलको राजधानी ब्रासिलियाको एक प्रमुख अस्पतालले भनेको छ, 'हामीले राष्ट्रपतिलाई तत्कालका लागि लामो दुरीको हवाई यात्रा नगर्न सल्लाह दिएका छौं। अब उनले भिडियो कन्फरेन्समार्फत यो सम्मेलनमा भाग लिनेछन्।'

स्थानीय सञ्चारमाध्यमले चिकित्सकलाई उद्धृत गर्दै राष्ट्रपति लुला दा सिल्भालाई पाँच वटा टाँका लगाएपछि घर पठाइएको बताएका छन् ।

'ब्रिक्स' पाँच विकासशील देशहरूको समूह हो जसमा ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका पर्छन् । रुसको अध्यक्षतामा काजानमा १६औँ ब्रिक्स सम्मेलन हुँदैछ । 

रुसमा हुन लागेको १६औं ब्रिक्स शिखर सम्मेलनको नारा ‘समान विश्वव्यापी विकास र सुरक्षाका लागि बहुपक्षीयतालाई बलियो बनाउने’ रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्