१९ असार २०८३, शुक्रबार

माछापुच्छ्रे बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ लाख सहयोग

कात्तिक ५, २०८१
काठमाडौं
माछापुच्छ्रे बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ लाख सहयोग

माछापुच्छ्रे बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ लाख रुपैयाँ सहायता स्वरूप प्रदान गरेको छ ।​​

विगत केही समय अगाडि आएको बाढीपहिरो र डुबानबाट प्रभावित तथा पीडितहरूका लागि उक्त रकम प्रदान गरिएको हो ।​​

बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकका अध्यक्ष रोशन केसीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आइतबार २५ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।

उक्त कार्यक्रममा बैंकका सञ्चालक समितिका सदस्यहरू, प्रमुख कार्यकारी अधिकृत तथा बैंक व्यवस्थापनका उच्च पदस्थ पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्