
सेरेसको गाडीमा सर्किटका कारण धुवाँ निस्किएको खुलेको छ।
सोमबार बिहान सेरेस ब्रान्डको विद्युतीय गाडीमा प्राविधिक खराबीको कारण धुवाँ निस्किएको कम्पनीले जनाएको हो ।
कम्पनीका अनुसार नियमित देखिने प्राविधिक समस्या समाधानका लागि सर्भिस सेन्टरमा लैजाँदै गर्दा सर्किटका कारण धुवाँ निस्किएको हो ।
उक्त गाडी अनधिकृत सेवा केन्द्रमार्फत मर्मत सम्भार गरिएको हुन सक्ने र त्यसैका कारण प्राविधिक खराबी उत्पन्न भएको कम्पनीको दाबी छ ।
मर्मतका लागि कम्पनीको सर्भिस सेन्टरमा ल्याउँदा गाडीमा धुवाँ निस्किएको थियो ।
सुरक्षा सतर्कताका साथ कम्पनीले सक्रियतापूर्वक स्थितिलाई नियन्त्रण लिएको थियो ।
कम्पनीको प्रारम्भिक अनुसन्धानअनुसार गाडीको ब्याट्री र मोटर दुवैमा क्षति भएको छैन । थप अनुसन्धान भइरहेको छ ।
विद्युतीय सवारी साधनमा धेरै प्रकारका सुरक्षा सुविधा हुने र निश्चिन्त सवारी अनुभवका लागि ग्राहकहरूलाई सवारी साधनको मर्मत सम्भार तोकिएकै सेवा केन्द्रमार्फत गराउन कम्पनीले आग्रह गरेको छ ।