३२ असार २०८३, बिहीबार

माओवादी एसिया महादेश समितिबाट बाढीपीडितलाई ८ लाख सहयोग

कात्तिक ६, २०८१
काठमाडौं
माओवादी एसिया महादेश समितिबाट बाढीपीडितलाई ८ लाख सहयोग

नेकपा (माओवादी केन्द्र) एसिया महादेश सङ्गठन समन्वय समितिले बाढी, पहिरो पीडितका लागि रु आठ लाख ३८ हजार तीन सय सहयोग गरेको छ ।

समितिले आज पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सो रकमको चेक हस्तान्तरण गरेको हो ।

समितिका इन्चार्ज पम्फा भुसाल र सहइन्चार्ज ओम शर्मालगायतले प्रदान गरेको चेक ग्रहण गर्दै अध्यक्ष प्रचण्डले सहयोगका लागि समितिलाई धन्यवाद दिए ।

 उनले मानवीय विपद्को सबै मिलेर सामना गर्नुपर्ने बताए ।

salt training

कमेन्ट गर्नुहोस्