०८ साउन २०८३, शुक्रबार

एमालेले सोध्यो तीन नेतालाई सात दिने स्पष्टीकरण

कात्तिक ६, २०८१
काठमाडौं
एमालेले सोध्यो तीन नेतालाई सात दिने स्पष्टीकरण

नेकपा एमालेले केन्द्रीय कार्यालय बनाउन जग्गा दान लिन निर्णयको विरोध गर्ने तीन नेतालाई सात दिने स्पष्टीकरण सोधेको छ ।

मंगलबार महासचिव शंकर पोखरेलले नेताहरू भीम रावल, विन्दा पाण्डे र उषाकिरण तिमल्सिनालाई स्पष्टीकरण सोधेका हुन् ।

केन्द्रीय कमिटी सदस्य तिमल्सिनाले पार्टी संस्थापनको निर्णयविरुद्ध किन गएको र विधानको धारा ८१ अनुसार किन कारबाही नगर्ने भन्दै स्पष्टीकरण पत्र आएको जानकारी दिइन् । 

सात दिनभित्रमा स्पष्टीकरणको जवाफ दिन भनिएको छ । 

एमालेले विवादित व्यापारी मीनबहादुर गुरुङबाट १० रोपनी १४ आना जग्गा दान लिने र उनले नै केन्द्रीय कार्यालय बनाइदिने निर्णय गरेको थियो ।

गुरुङकै उपस्थितिमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले कीर्तिपुर नगरपालिका २ मैत्री नगरमा दशैंको बेला कार्यालय भवनको शिलान्यास गरेका थिए ।

विवादित व्यापारी र व्यवसायीबाट दान लिएको भन्दै पार्टीभित्रै विरोध भएको थियो ।

यसैले एमालेको सचिवालय बैठकले पार्टी लाइनविपरीत बोलेको भन्दै तीन नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

नेतात्रयको अभिव्यत्तिले पार्टीको प्रतिष्ठा र मर्यादामा आँच पुगेको भन्दै सचिवालयको बैठक अनुसार एमालेले स्पष्टीकरण सोधेको हो । 

salt training

कमेन्ट गर्नुहोस्