२८ जेठ २०८३, बिहीबार

टेक्नोले नेपाली बजारमा सार्वजनिक गर्‍यो स्पार्क थटी स्मार्टफोन

कात्तिक ७, २०८१
काठमाडौं
टेक्नोले नेपाली बजारमा सार्वजनिक गर्‍यो स्पार्क थटी स्मार्टफोन

विश्वव्यापी स्मार्टफोन ब्रान्ड टेक्नोले नेपाली बजारमा आफ्नो पछिल्लो मोडेल स्पार्क थटी सार्वजनिक गरेको छ। ट्रान्सफ्रम एब्री मोमेन्टको नारासहित ल्याइएको यो फोन प्राविधिक ज्ञान भएका मिलेनियल र जेन जेड पुस्तालाई लक्षित गर्दै डिजाइन गरिएको हो ।

स्पार्क थटीका विशेषताहरूमा ६४ एमपीको सोनी क्यामेरा, शक्तिशाली मिडियाटेक हिलियो जी ९१ प्रोसेसर, १६ जीबी सम्मको र्याम८, र २५६ जीबी स्टोरेज रहेको छ।

स्टोरेजलाई माइक्रोएसडी कार्ड प्रयोगगरी थप विस्तार गर्न सकिन्छ। ५००० एमएएच ब्याट्री क्षमता भएको र १८ वाट फास्ट चार्जिङ सुविधा भएको यस फोनले लामो समयसम्म टिकाउ पर्फमेन्स दिनेछ। साथै, १००० भन्दा बढी चार्ज साइकल सुनिश्चित गर्ने टिकाउ ब्याट्री यसमा समावेश गरिएको कम्पनीले जनाएको छ ।

बम्बलबी एडिसनको आकर्षक डिजाइनले विशेषगरी युवा पुस्तालाई लक्षित गरेको छ।  यसको आइपी ६४ धुलो र पानी प्रतिरोध क्षमता फोनलाई टिकाउ र भरपर्दो बनाउँछ।  फोनमा इन्फ्रारेड रिमोट कन्ट्रोल सुविधा समेत रहेको छ, जसले यसलाई युनिभर्सल रिमोटको रूपमा प्रयोग गर्न सकिन्छ।

कम्पनीका अनुसार फोनमा डबल सिमेट्रिकल स्पिकर सुविधा भएकोले गेमिङ, स्ट्रिमिङ वा संगीत सुन्दासमेत उच्च गुणस्तरको अडियो अनुभव प्रदान गर्दछ। साथै, ५ वर्षको लामो समयसम्म कुनै ल्यागबिना प्रयोगको सुनिश्चितता दिने यो फोन अन्य प्रतिस्पर्धी मोडेलहरूको तुलनामा उत्कृष्ट छ।

नेपाली बजारमा स्पार्क थटी (८ प्लस२५६ जीबी) बम्बलबी एडिसनको मूल्य २२ हजार ९९० राखिएको छ भने स्पार्कथटी मोडेलको मूल्य २२ हजार ४९० रहेको कम्पनीले जनाएको छ । 

टेक्नो ब्रान्ड हाल ७० भन्दा बढी देशमा कार्यरत रहेको छ। ‘स्टप एट नथिङ’ नारासहित कम्पनीले आफ्नो उत्पादनहरूको उत्कृष्टता र नयाँ प्रविधिको विकासमा निरन्तर अग्रसर रहेको छ।

salt training

कमेन्ट गर्नुहोस्