
प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो तीन बजे सम्बोधन गर्दै सरकारका एक सय दिने उपलब्धि सार्वजनिक गर्दैछन् ।
गत असार ३० गते सरकार गठन भएको एक सय दिन पुगेको अवसर पारेर प्रधानमन्त्री ओलीले आज ३ बजे सिंहदरबारबाट सम्बोधन गर्न लागेका हुन् ।
प्रधानमन्त्रीका प्रेस संयोजक रामशरण बजगाईंका अनुसार सम्बोधन प्रधानमन्त्री कार्यालय सिंहदरबारबाट हुनेछ ।
ओलीले सरकारका उपलब्धि र भाबी कामबारे जानकारी गराउनेछन् ।
सरकारका उपलब्धि सार्वजनिक गर्नुअघि सत्तारूढ दलको बैठक पनि बसेको छ ।