
ट्रुकलर एपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापाको नाम र फोटो राखेर धम्की दिएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मोरङस्थित ठूलो मिल चोकका ३० वर्षीय हेमकुमार खड्का छन् ।
खड्काले अन्य व्यक्तिलाई फोन गरेर आफू सीआईबीबाट बोलेको भन्दै धाक-धम्की दिएको प्रहरीको आरोप छ ।
सीआईबीका प्रवक्ता एसपी होबिन्द्र बोगटीका अनुसार खड्कामाथि जिल्ला प्रहरी कार्यालय मोरङबाट अनुसन्धान भइरहेको छ ।
खड्काको जस्तै अन्य व्यक्तिले ट्रुकलमा छद्म नाम राखेर धाक-धम्की दिएको पाइए प्रहरीमा जानकारी गराउन सीआईबीले सर्वसाधारणमा अनुरोध गरेको छ ।