२६ जेठ २०८३, मंगलबार

'कमान्ड कन्ट्रोल' गर्न नसकेकाे भन्दै चितवनका सीडीओ र एसपी तानिए

कात्तिक ७, २०८१
काठमाडौं
'कमान्ड कन्ट्रोल' गर्न नसकेकाे भन्दै चितवनका सीडीओ र एसपी तानिए

कमान्ड कन्ट्रोल गर्न नसकेकाे आरोपमा चितवनका प्रमुख जिल्ला अधिकारी (सीडीओ) र प्रहरी उपरीक्षक (एसपी) तानिएका छन् । गृह मन्त्रालयले चितवनका सीडीओ इन्द्रदेव यादवलाई मन्त्रालय तानेर सहसचिव प्रकाश पौडेललाई पठाइएको छ ।  

त्यस्तै प्रहरी प्रधान कार्यालयले चितवन प्रहरी प्रमुख एसपी भावेश रिमाललाई तानेर मानव बेचबिखन ब्यूरोका एसपी गौतम मिश्रलाई पठाएको छ ।

स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता-कार्यकर्ताले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दोहनलगायत अवाञ्छित गतिविधि गर्दा सीडीओ र एसपीले कन्ट्रोल गर्न नसकेको आरोप छ । 

‘मुलुकको प्रधानमन्त्रीमाथि भद्दा मजाक हुँदासमेत सीडीओ र एसपीले नियन्त्रण गर्न नसकेपछि उनीहरूलाई फिर्ता बोलाएर नयाँलाई जिम्मेवारी दिइएको हो,’ गृह स्रोतले भन्यो । 

salt training

कमेन्ट गर्नुहोस्