३० जेठ २०८३, शनिबार

स्वास्थ्य कार्यालय ललितपुर प्रदेशकै उत्कृष्ट

कात्तिक ७, २०८१
काठमाडौं
स्वास्थ्य कार्यालय ललितपुर प्रदेशकै उत्कृष्ट

बागमती प्रदेशभरिका स्वास्थ्य कार्यालयमध्ये ललितपुर उत्कृष्ट भएको छ । यही कात्तिक ५ गतेदेखि प्रदेश स्वास्थ्य निर्देशनालय हेटौँडामा भएको वार्षिक समीक्षा कार्यक्रममा आज स्वास्थ्य कार्यालय ललितपुर उत्कृष्ट घोषित भइ प्रमाणपत्र प्राप्त गरेको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख भुवन पौडेलले जानकारी दिए । 

बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले प्रमुख पौडेललाई प्रमाणपत्र हस्तान्तरण गरेका हुन् । 

“आव २०८०/८१ मा सम्पादित स्वास्थ्य कार्यक्रमको प्रदेशस्तरीय वार्षिक समीक्षा कार्यक्रममा स्वास्थ्य सेवाका सूचक तथा प्रस्तुतीकरणसमेतको मूल्याङ्कनका आधारमा प्रदेश स्वास्थ्य निर्देशनालयले पुरस्कृत गरेको हो”, उनले भने । 

salt training

कमेन्ट गर्नुहोस्