
असोज १० देखि १३ गतेसम्मको भीषण वर्षापछि बाढीपहिरोबाट क्षतिग्रस्त बिपी राजमार्गको पुनर्निर्माण गर्न तीन वटा विकल्प प्रस्ताव गरिएको छ । बाढीपहिरोले राजमार्गका विभिन्न स्थानमा करिब १२ किलोमिटर सडकखण्ड क्षति पुर्याएको छ ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालका अनुसार अलि उच्च पुल (भायडक) निर्माण गर्ने, दोस्रो विकल्पमा अहिले भएको पहाडको भित्तो खोस्रिने (भित्तातर्फ नयाँ ट्र्याक खन्ने) र तेस्रो विकल्पमा जमिन सतहबाट माथिसम्म भित्ता उठाएर सडक निर्माण गर्ने गरी छलफल भइरहेको छ । गोरखापत्रमा खबर छ ।