काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ ।
जसअनुसार आलु रातोको अधिकतम थोक मूल्य प्रतिकिलो ८५, आलु रातो मुडेको ७५, प्याज सुकेको भारतीयको १०५, गोलभेँडा ठुलो भारतीयको १३० रुपैयाँ कायम भएको छ ।
यसैगरी काउली स्थानीयको १४०, टाटे सिमीको ८०, लौकाको ६०, तोरीको सागको २००, जुनारको ३५०, केरा दर्जनको १५०, अम्बाको १८०, अदुवाको २२० रुपैयाँ कायम भएको छ ।
मूल्यसूची विस्तृतमाः