०६ साउन २०८३, बुधबार

म्यान्चिनीले १४ महिनामै दिए साउदी अरेबियाको प्रशिक्षकबाट राजीनामा

कात्तिक ९, २०८१
काठमाडौं
म्यान्चिनीले १४ महिनामै दिए साउदी अरेबियाको प्रशिक्षकबाट राजीनामा

रोबर्टो म्यान्चिनीले साउदी अरेबिया राष्ट्रिय फूटबल टोलीको मुख्य प्रशिक्षक पदबाट राजीनामा दिएका छन् । जसको पुष्टि बिहीवार साउदी अरब फूटबल संघ (एसएएफएफ)ले गरेको छ । 

संघसँगको ‘संयुक्त सहमति’अनुसार १४ महिना लामो कार्यकालपछि ५९ वर्षीय इटालियन प्रशिक्षक म्यान्सिनी बाहिरिएका हुन् । उनको प्रतिस्थापन अर्को केही दिनमा घोषणा गरिने संघले जनाएको छ।

म्यान्चिनीको नेतृत्वमा साउदी अरेबियाले १८ खेल खेल्दै ७ जीत, ५ बराबरी र ६ हारको सामना गरेको थियो । जसमा टोलीले २६ गोल गर्दै २२ गोल खाएको थियो ।

सन् २०२६ को फिफा विश्वकपअन्तर्गत एसिया छनोटको तेस्रो चरणमा टोलीको प्रदर्शन कमजोर देखिएकापछि मान्चिनीले राजीनामा दिएका हुन् । जसमा उनले चार खेलमा केवल एकमात्र जीत दिलाउन सके । यसै वर्षको शुरूवातमा एएफसी एसियन कपको अन्तिम १६ मा नै साउदी अरेबिया बाहिरिएको थियो । 

उक्त प्रतियोगितामा दक्षिण कोरियासँगको पेनाल्टी शूटआउट खेलमा अन्तिम प्रहार हुनुभन्दा पहिल्यै म्यान्सिनीले मैदान छोडेका थिए । जसका लागि उनले पछि माफी पनि मागेका थिए ।

मान्चिनी सन् २०२१ मा इटालीले युरोप जित्दा मुख्य प्रशिक्षक थिए । 


 

salt training

कमेन्ट गर्नुहोस्