१५ असार २०८३, सोमबार

एकद्वार सङ्कट व्यवस्थापन केन्द्रबाट सेवा लिनेको सङ्ख्यामा वृद्धि

कात्तिक ९, २०८१
दाङ
एकद्वार सङ्कट व्यवस्थापन केन्द्रबाट सेवा लिनेको सङ्ख्यामा वृद्धि

राप्ती प्रादेशिक अस्पताल तुलसीपुरस्थित एकद्वार सङ्कट व्यवस्थापन केन्द्र(ओसिएमसी)मा सेवा लिनेको सङ्ख्यामा वृद्धि भएको छ ।

हिंसा प्रभावित महिला तथा बालबालिकालाई एकीकृतरुपमा स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवा प्रदान गर्ने उक्त केन्द्रमा चालु आर्थिक वर्षको साउनदेखि असोजसम्ममा सो केन्द्रबाट ६० जनाले सेवा लिएको वरिष्ठ अस्पताल नर्सिङ निरीक्षक डिला भुसालले जानकारी दिइन् । 

उनका अनुसार गत आवमा एक सय ६८ जनाले सेवा लिएका थिए । आव २०७९/०८० मा एकसय ३१ जनाले सेवा लिएको केन्द्रको तथ्याङ्कमा उल्लेख छ । केन्दले लैङ्गिक हिंसा प्रभावित महिला तथा बालबालिकालाई एकीकृत रुपमा स्वास्थ्य सेवा, मनोसामाजिक परामर्श, चिकित्साजन्य प्रमाण सङ्कलन र संरक्षण गर्ने गर्दछ । 

त्यस्तै अल्पकालीन आश्रय, कानुनी उपचार, आवश्यकताअनुसार सुरक्षा व्यवस्था र परिवार तथा समुदायमा पुनःस्थापना एवं जीविकोपार्जनमा सहयोग गर्ने गरेको नर्सिङ निरीक्षक भुसालले बताइन् । उनकाअनुसार सबैभन्दा धेरै १९ देखि ४९ वर्ष उमेर समूहकाले सेवा लिएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्