२१ असार २०८३, आइतबार

भन्सार छली गरेर ल्याइएका २१ सय थान सर्ट र ६३ थान साडीसहित दुई पक्राउ

कात्तिक ९, २०८१
काठमाडौं
भन्सार छली गरेर ल्याइएका २१ सय थान सर्ट र ६३ थान साडीसहित दुई पक्राउ

 भन्सार छली गरेर खाद्य सामग्री र लत्ताकपडा काठमाडौँ भित्र्याउँदै गरेको अवस्थामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
 
ना ७ ख ३४८१ नम्बरको गाडीमा दुई हजार एक सय चार थान सर्ट, ६३ थान साडी, एक बोरा जिरा र एक बोरा खुर्सानी भन्सार छलेर काठमाडौँ ल्याउँदै गरेको अवस्थामा आज कलङ्कीबाट उनीहरूलाई पक्राउ गरिएको हो । 
 
पक्राउ पर्नेमा सवारी चालक मोरङको बेलबारी नगरपालिका–२ बस्ने ३५ वर्षीय विकास पोख्रेल र सहचालक रामेछापको मन्थली नगरपालिका–१४ बस्ने ३६ वर्षीय यामलाल घिसिङ रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए।
 
  भन्सार छलीका सामग्रीसहित पक्राउ परेका दुवै जनालाई कारबाहीका लागि भन्सार कार्यालय सानोगौचरणमा पठाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्