३२ असार २०८३, बिहीबार

इरानको आणविक र तेल साइटमा आक्रमण नगर्न इजरायललाई बाइडेनको चेतावनी

कात्तिक १०, २०८१
काठमाडौं
इरानको आणविक र तेल साइटमा आक्रमण नगर्न इजरायललाई बाइडेनको चेतावनी

अमेरिकी राष्ट्रपति जो बाइडेनले इरानको आणविक र तेल स्थलमा आक्रमण नगर्न इजरायललाई चेतावनी दिएका छन् ।

बाइडेनले इरानको आणविक स्थलमा इजरायलले आक्रमण गरे समर्थन नगर्ने बताएका छन् । 

इरानको आणविक साइटहरूमा आक्रमणले स्थिति बिग्रन सक्ने बाइडेनको ठहर छ । 

यसबाहेक अमेरिकाले इजरायललाई इरानको तेल अड्डबाट पनि टाढा रहन चेतावनी दिएको छ ।

अमेरिकाले इजरायली हवाई हमलाको जवाफ नदिन इरानलाई पनि अपिल गरेको छ ।

तर, इजरायलसँग आफ्नो रक्षा गर्ने र इरानी आक्रमणको जवाफ दिने अधिकार रहेको बाइडेन प्रशासनले स्पष्ट पारेको छ । 

salt training

कमेन्ट गर्नुहोस्