०१ असार २०८३, सोमबार

क्षतिग्रस्त खानेपानी आयोजना पुनर्निर्माण गर्न माग

कात्तिक १०, २०८१
काभ्रेपलाञ्चोक
क्षतिग्रस्त खानेपानी आयोजना पुनर्निर्माण गर्न माग

बाढी पहिरोले क्षतिग्रस्त धुलिखेल खानेपानीको पुनःनिर्माणका लागि धुलिखेल नगरपालिकाले जर्मन सरकारसँग माग गरेको छ ।

नगरपालिकाले नेपालका लागि जर्मनी राजदूत डा. थोमस प्रिन्जसँग भेट गरी उक्त प्रस्ताव गरेको हो । 

करिब तीन दशक अघिदेखि सञ्चालित उक्त खानेपानी आयोजनाको पुनःनिर्माण गर्न रु तीन करोड ५१ लाख लाग्ने अनुमान गरिएको नगरपालिकाले जनाएको छ ।

भेटका क्रममा राजदूत प्रिन्जले खानेपानी पुनःनिर्माणका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका नगरप्रमुख अशोक ब्यान्जुले जानकारी दिए ।

उनका अनुसार गत असोज दोस्रो साताको बाढी पहिरोले आयोजना क्षतिग्रस्त बनाउँदा नगरपालिका–३, ४, ५, ६ र ८ को उपभोक्ता एक महिनादेखि खानेपानीविहीन अवस्थामा रहेका छन् । 

उक्त आयोजनाको पाइपमा बढी क्षति भएको तथा धुलिखेलका अन्य दुई खानेपानीमा रु दुई करोड चार लाख क्षति भएको जनाइएको छ ।

बाढी पहिरोबाट नगरको १० वडाका अधिकांश निजी आवास, सडक, खेतीयोग्य जमिन, पशुपक्षी तथा केही वडामा मानवीय क्षति पुगेको थियो ।

उक्त घटनामा दुईजनाले ज्यान गुमाएका थिए एक अझै बेपत्ता अवस्थामा छन् । नगरपालिकाको प्रारम्भिक तथ्याङ्कअनुसार ६४ घर पूर्णरुपमा क्षति तथा पाँच सय ७२ घर आंशिक क्षति भएका छन् । 

यस्तै, सिँचाइ आयोजनामा रु ५० लाख, आठ किलोमिटर पक्की सडक, ८० किलोमिटर ग्राभेल सडकमा क्षति पुगेको छ भने रु १८ लाख बराबरको पशुधन क्षति भएको थियो ।

नगरपालिकाले निजी आवासबाहेक रु ६५ करोड बराबरको क्षति भएको विवरण तयार गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्