
प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रलाई मर्न नदिने बताएका छन् ।
परिवर्तनका लागि भएका आन्दोलनको इतिहास बोकेका नेकपा एमाले र नेपाली कांग्रेससहितका दलले सरकार सञ्चालन गरेकाले लोकतन्त्रलाई मर्न नदिने उनको भनाइ छ ।
वन तथा वातावरण मन्त्रालयले आयोजना गरेको राष्ट्रिय जलवायु सम्मेलनमा उनले लोकतन्त्र, देश र मानव जातिका लागि सर्वोत्तम प्रणाली भएकाले यस प्रणालीप्रति आफूहरू पूर्ण कटिबद्ध भएको स्पष्ट गरे ।
'हामी केही गर्दैछौं । जनतालाई भोकै मर्न दिँदैनौं । गरिबीबाट तड्पिन दिँदैनौं । जनतालाई गरिबी र भोकमरीबाट मुक्त गर्न वर्तमान सरकार बनेको हो,' उनले भने ।