
अदालतमा मिलापत्र भइसकेको विषयलाई गाली बेइज्जती गर्ने उद्देश्यले संसदीय सुनुवाइ समितिमा प्रवेश गराएको भन्दै कृष्णमान प्रधानले
एक उजुरीकर्ताविरुद्ध मुद्दा दायर गरेका छन्।
उक्त महिलाको उजुरीकै आधारमा प्रधान निर्वाचन आयोगको आयुक्तमा प्रस्तावित भएर पनि अस्वीकृत भएका थिए । प्रधानले आफूविरुद्ध उजुरी गरे की एक महिलाविरुद्ध काठमाडौँ जिल्ला अदालतमा गाली बेइज्जती मुद्दा दर्ता गरेका हुन् ।
प्रधानको वारेसमा सरस्वती डङ्गोल सिंहले मुद्दा दर्ता गरेको खबर गोरखापत्रमा छापिएको छ ।