२८ जेठ २०८३, बिहीबार

प्रविधिको विकाससँगै फौजदारी न्याय प्रणालीमा चुनौती थपिँदै

कात्तिक ११, २०८१
काठमाडौं
प्रविधिको विकाससँगै फौजदारी न्याय प्रणालीमा चुनौती थपिँदै

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले प्रविधिको विकाससँगै फौजदारी न्याय प्रणालीमा चुनौती थपिँदै गएको बताएका छन् ।

प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागले आज आयोजना गरेको ‘फौजदारी न्याय प्रणालीमा देखिएका चुनौती र सुधारका उपाए’ विषयक कार्यशालामा प्रधानन्यायाधीश रावतले यस्तो बताएका हुन् ।

अपराध अनुसन्धानमा व्यावसायिक क्षमता विकास गर्नसके फौजदारी न्याय प्रणाली थप सुदृढ हुने उनले विश्वास व्यक्त गरे । उनले प्रभावकारी फौजदारी न्याय प्रणालीको विकास गर्न अपराध अनुसन्धानमा नवीनताको विकास गर्न जरुरी रहेको पनि औंल्याए ।

न्याय प्रणालीलाई थप प्रभावकारी र छिटोछरितो बनाउन सरोकार राख्ने निकायबीचको समन्वय बढाउनुपर्ने आवश्यकता औंल्याउँदै प्रधानन्यायाधीश राउतले वैज्ञानिक, वस्तुनिष्ठ र प्रमाणका आधारमा अनुसन्धान गर्न जरुरी रहेको बताए ।

संविधान र कानूनको सिद्धान्तका आधारमा न्यायलाई नतिजामुखी बनाउन सफल अनुसन्धानले सहयोग गर्ने उनले बताए ।

महान्यायाधिवक्ता रमेश बडालले कतिपय अपराध अनुसन्धानका फाइल हेर्दा अनुसन्धान अपुरै रहेको देखिने गरेको भन्दै यसतर्फ अनुसन्धान अधिकृतहरूको ध्यानाकर्षण गराए ।

कुनै पनि अपराधको अनुसन्धानमा बयानले मात्रै नपुग्नेमा जोड दिँदै उनले वस्तुनिष्ठ तथ्य, फिङ्गर प्रिन्ट वा त्यस्तै प्रमाण जरुरी हुने बताए ।

salt training

कमेन्ट गर्नुहोस्