२३ असार २०८३, मंगलबार

जङ्गली च्याउ खाँदा एकै परिवारका ५ जना बिरामी

कात्तिक ११, २०८१
नवलपुर
जङ्गली च्याउ खाँदा एकै परिवारका ५ जना बिरामी
फाइल तस्वीर

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा जङ्गली च्याउ खाँदा एउटै परिवारका पाँच जना बिरामी परेका छन् ।

शनिबार साँझ जङ्गली च्याउ खाँदा देवचुली–२ दुम्कौलीमा एउटै परिवारका पाँच जना बिरामी परेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक जेशी शाहका अनुसार जङ्गली च्याउन खाँदा दुम्कौलीकी २८ वर्षीया धनमाया राजवंशी, २६ वर्षीय मदन राजवंशी, नौ वर्षीया रिदिमा राजवंशी, ४८ वर्षीय बाबुलाल राजवंशी र ४६ वर्षीया रनमाया राजवंशी बिरामी परेका हुन् ।

बिरामीको चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । अहिले सबैको अवस्था सामान्य रहेको छ ।

सूचना अधिकारी शाहका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्