०४ असार २०८३, बिहीबार

प्रधानसेनापतिसँग एनसिसी भ्रमण दलको शिष्टाचार भेट

कात्तिक ११, २०८१
काठमाडौं
प्रधानसेनापतिसँग एनसिसी भ्रमण दलको शिष्टाचार भेट

 प्रधान सेनापति अशोकराज सिग्देलसँग नेपाल भ्रमणमा रहेको भारतीय राष्ट्रिय क्याडेट कोर (एनसिसी)को भ्रमण दलले भेट गरेको छ ।

भारतीय सेनाका विङ कमान्डर पिआर पोनप्पाको नेतृत्वमा नेपाल भ्रमणमा रहेको  १८ सदस्यीय टोलीले भेट गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालले जनाएको छ ।

राष्ट्रिय सेवा दलको वार्षिक कार्यक्रमअन्तर्गत सञ्चालित युवा आदानप्रदान भ्रमणमा सहभागी हुन भारतीय टोली यही कात्तिक ५ गते यहाँ आएको हो ।

नेपाल भ्रमणमा रहेको भारतीय टोलीलाई लक्षित गरी सञ्चालन भएका विभिन्न कार्यक्रममा नेपालको राष्ट्रिय सेवा दलका छात्र÷छात्राको समेत सहभागिता रहेको छ । विसं २०२२ मा नेपालमा स्थापित राष्ट्रिय सेवा दलका तालिमरत छात्र÷छात्राले पनि विसं २०२६ बाट विभिन्न देशमा सञ्चालित तालिममा सहभागिता जनाउँदै आएको पनि निर्देशनालयले जनाएको छ । नेपालबाट राष्ट्रिय सेवा दलका छात्रछात्राले भारत, श्रीलङ्का, बङ्गलादेश, भूटान, मालदिभ्स, पाकिस्तान र सिङ्गापुरको भ्रमण गरिसकेको जानकारी दिइएको छ ।

नेपालमा हालसम्म ७४ हजार चार सय ८० जना छात्र÷छात्राले सिनियर तथा जुनियर डिभिजनमा रही राष्ट्रिय सेवा दलको तालिम प्राप्त गरिसकेको पनि निर्देशनालयले जनाएको छ । यस वर्ष मात्रै सात हजार सात सय चार छात्र÷छात्रा उक्त तालिममा सहभागी छन् ।

salt training

कमेन्ट गर्नुहोस्