०४ साउन २०८३, सोमबार

जसपा नेपालको नवलपुर जिल्ला समिति गठन, अध्यक्षमा राना

कात्तिक १२, २०८१
काठमाडौं
जसपा नेपालको नवलपुर जिल्ला समिति गठन, अध्यक्षमा राना

जनता समाजवादी पार्टी (जसपा) नेपालको नवलपुर जिल्ला समिति गठन भएको छ । नवलपुरको गैँडाकोटमा आयोजित विस्तारित बैठकबाट ओमबहादुर रानाको अध्यक्षतामा १७ सदस्यीय जिल्ला समिति गठन गरिएको हो । पार्टीका उपाध्यक्ष शिवलाल थापाको उपस्थितिमा सो समिति पुनर्गठन गरिएको हो ।

जसपा नेपालको चार महिने आधारभूत संगठन निर्माण अभियानअन्तर्गत गण्डकी प्रदेश समितिले प्रदेशअन्तर्गतका जिल्लामा संगठन गठन, पुनर्गठन गर्ने तथा विस्तारित बैठकको आयोजना गर्ने काम गरिरहेको छ । यसअघि तनहुँ जिल्लाको विस्तारित बैठक सम्पन्न गरिएको थियो ।

प्रदेशअन्तर्गतका पार्टीका केन्द्रीय नेताहरू पालिका समिति गठन, पुनर्गठनको जिम्मेवारीमा खटिएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्