२२ जेठ २०८३, शुक्रबार

सडकमा घुमिरहेका गाईलाई 'छाडा' भन्न नपाइने, राजस्थान सरकारले जारी गर्‍यो यस्तो सूचना !

कात्तिक १२, २०८१
काठमाडौं
सडकमा घुमिरहेका गाईलाई 'छाडा' भन्न नपाइने, राजस्थान सरकारले जारी गर्‍यो यस्तो सूचना !
फाइल तस्वीर

दूध दिउन्जेल गाईलाई मान्छेले माया गरेर राख्छन् । जब बुढो भएर दूध दिन छाड्न अनि तिनलाई सडकमा छाड्ने गरिएको छ । छाडा पशु चौपायाको समस्या नेपालमा मात्रै होइन, छिमेकी मुलुक भारतमा पनि छ । 

तर, भारतको राजस्थान सरकारले भने सडकमा छाडिएका गाईलाई छाडा गाई भन्न नपाउने नियम बनाएको छ । छाडा (आवारा) गाई शब्दप्रति आपत्ति जनाउँदै राजस्थान सरकारले यसको ठाउँमा ‘सम्मानजनक’ शब्द प्रयोग गर्न सूचना जारी गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन्। अबदेखि बाहिर घुम्ने गाईलाई ‘निराश्रित’ या ‘बेसहारा’ भनिने भएको छ । 

सरकारको गौपालन विभागले गएराति सूचना जारी गर्दै बाहिर घुम्ने गाईलाई ‘निराश्रित’ या ‘बेसहारा’ भन्न निर्देशन दिएको छ ।

 'गाई हाम्रो सांस्कृतिक सम्पदाको एक महत्वपूर्ण भाग हो। आजको जमानामा विभिन्न कारणले कतिपय गाई बेसहारा भएका छन् । उनीहरू सडक वा अन्य सार्वजनिक स्थानमा असहाय अवस्थामा देखिन्छन् । यी गाईवस्तुहरूका लागि आवारा शब्द प्रयोग गर्नु अनुपयुक्त र अपमानजनक छ। यो हाम्रो सांस्कृतिक मूल्य मान्यता विपरीत छ,' सूचनामा भनिएको छ, 'खुलेआम घुमफिर गर्ने गाईलाई छाडा नभई निराधार वा असहाय गाई भनेर सम्बोधन गर्नु सही हो । यो शब्दावलीले यी गाईहरूप्रति संवेदनशीलता, आदर र करुणा व्यक्त गर्दछ।'

सबै सरकारी र सहयोगी संस्थाहरूले गाईको लागि एउटै शब्दावली प्रयोग गर्नुपर्ने सूचनामा उल्लेख छ । 

यसअघि राजस्थानमा पनि गाईलाई राज्य माताको दर्जा दिन माग उठेको थियो । केही समय अघि महाराष्ट्रको एकनाथ शिन्दे सरकारले स्वदेशी गाईलाई राज्य माताको दर्जा दिएको थियो । महाराष्ट्र यस्तो गर्ने देशको पहिलो राज्य हो ।​

यस्तो छ सूचना 

null

 

salt training

कमेन्ट गर्नुहोस्