०४ साउन २०८३, सोमबार

कांग्रेसको विपन्न उत्थान समन्वय विभागमा १० सदस्य मनोनीत

कात्तिक १२, २०८१
काठमाडौं
कांग्रेसको विपन्न उत्थान समन्वय विभागमा १० सदस्य मनोनीत

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विपन्न उत्थान समन्वय विभागमा १० सदस्य मनोनीत गरेका छन् ।

उनले पार्टीका केन्द्रीय सदस्य डा. गोपाल दहित प्रमुख रहेको उक्त विभागमा विधानको व्यवस्था बमोजिम आज सदस्य मनोनयन गरेका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

विभागमा रामनारायण कठरिया महतो, रामदत्त जोशी (लेकुडा), हेमलाल पाण्डे, दीपकराज तिमिल्सिना, ठाकुरप्रसाद भुसाल, श्यामकुमार बुढा, उपेन्द्रराज सिग्देल, श्रवणराज मैनाली, सीतादेवी सापकोटा (फुयाँल) र प्रह्लादकुमार कामतलाई मनोनीत गरिएको हो ।

कमेन्ट गर्नुहोस्