२३ जेठ २०८३, शनिबार

बुद्धशान्तिका वडा अध्यक्ष ओलीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

कात्तिक १२, २०८१
काठमाडौं
बुद्धशान्तिका वडा अध्यक्ष ओलीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झापाको बुद्धशान्ति गाउँपालिका वडा नम्बर २ का अध्यक्ष डिल्लीप्रसाद ओलीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

घुस लिएको आरोपमा पक्राउ परेका ओलीविरुद्ध सोमबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

प्रवक्ता घिमिरेका अनुसार ओलीले जग्गा पास तथा लेनदेन सिफारिससम्बन्धी  कार्यका लागि सेवाग्राहीसँग घुस लिएका थिए ।​

आयोगको इटहरी कार्यालयबाट खटिएको टोलीले उनलाई ८० हजार रुपैयाँ घुससहित नियन्त्रणमा लिइएको थियो।

आयोगले उनलाई ८० हजार रुपैयाँ बिगो कायम गरी कैद र बिगो बमोजिम जरिवानाको मागदाबी गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्