०९ साउन २०८३, शनिबार

एयर इण्डियाको विमानमा विस्फोटक पदार्थ भेटिएन, केही बेरमै जहाज उड्ने

कात्तिक १२, २०८१
काठमाडौं
एयर इण्डियाको विमानमा विस्फोटक पदार्थ भेटिएन, केही बेरमै जहाज उड्ने
फाइल तस्वीर

काठमाडौंबाट भारतको नयाँ दिल्ली उड्न लागेको एयर इण्डियाको विमानमा बम राखेको सूचना मिथ्या भएको पुष्टि भएको छ ।​​​

विमानमा सवार यात्रुलाई ओरालेर जाँच गर्दा कुनै पनि विस्फोटक पदार्थ नभेटिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका एसएसपी डम्बर विकले लोकान्तरलाई जानकारी दिए ।​

'एयर इन्डियाको विमानमा बम राखेको सूचना मिथ्या भएको पुष्टि भएको छ,' उनले भने, 'विमानमा विस्फोटक पदार्थ भेटिएन । केही बेरमै जहाज उड्ने तयारीमा छ ।'​​

एयर इण्डियाको एआई–२१६ विमानमा बमको हल्लापछि विमानको जाँच गरिएको थियो ।

विमानको जाँच प्रक्रिया चलिरहँदा पनि विमानस्थलको आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान सामान्यरूपमा सञ्चालन भएको थियो ।

दिउँसो २ बजे काठमाडौं विमानस्थलमा अवतरण भएको एयर इण्डियाको विमानमा बम राखेको अज्ञात समूहबाट जानकारी आएपछि नेपाली सेना र नेपाल प्रहरीको विशेष टोलीले जाँच गरेका थिए ।

सो विमान काठमाडौंबाट एक यस ५८ यात्रु लिएर दिल्ली उड्ने तयारीमा थियो ।

यसअघि यही कात्तिक ६ गते भारतको विमान सेवा कम्पनी भिस्तारा एयरको विमानमा बम राखेको हल्ला फैलिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाको विस्फोटक पदार्थ निष्क्रिय गर्ने विशेष टोलीले खानतलासी गरेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्