०५ साउन २०८३, मंगलबार

युवा अभियन्ता अर्याल सम्मानित

कात्तिक १२, २०८१
काठमाडौं
युवा अभियन्ता अर्याल सम्मानित

राष्ट्रिय नागरिक पुरस्कारबाट युवा अभियन्ता दिवाकर अर्याल पुरस्कृत तथा सम्मानित भएका छन् ।

नागरिक समूहद्वारा आज काठमाडौंमा आयोजित राष्ट्रिय युवा तथा सुशासन सम्मेलन एवं राष्ट्रिय पुरस्कार वितरण कार्यक्रममा अर्याल पुरस्कृत तथा सम्मानित भएका हुन् ।

युवा अभियानमार्फत विश्वभरका युवालाई जोड्न १० वर्षदेखि क्रियाशील अर्याललाई सम्मान गरिएको नागरिक समूहका अध्यक्ष निगम हुमागाईंले बताए ।

यसअघि यसै पुरस्कारबाट पूर्वप्रधानन्यायाधीश एवं मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी, वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, उपरथी डा. रमीन्द्र क्षत्री (अप्रा, नेपाली सेना) र वरिष्ठ नेत्र विशेषज्ञ डा. सन्दुक रुइत पुरस्कृत तथा सम्मानित भइसकेका अध्यक्ष हुमागाईंले बताए ।

पुरस्कार निर्णायक समितिका तर्फबाट बोल्दै एम्नेष्टी इन्टरनेशनल नेपालका पूर्वअध्यक्ष सूर्यबहादुर अधिकारीले ‘ग्लोबल युथ पार्लियामेन्ट’मार्फत् विश्वमा नेपाल चिनाइरहेका युवा अभियन्ता अर्याललाई छनोट गर्न पाउँदा गर्व लागेको बताए ।

सम्मेलनलाई सम्बोधन गर्दै पुरस्कृत तथा सम्मानित व्यक्तित्व अर्यालले लामो समयदेखि सामाजिक क्षेत्रमा क्रियाशील नागरिक समूहले योग्य सम्झेर सम्मान गर्दा युवा अभियानलाई अझ सशक्त बनाउने दायित्व थपिएको बताए ।

युवा अभियानलाई समाजप्रति योगदान दिन सक्ने र देशलाई विश्व रङ्गमञ्चमा चिनाउने लक्ष्यलाई प्रोत्साहन मिलेको उनको भनाइ थियो ।

salt training

कमेन्ट गर्नुहोस्