०२ असार २०८३, मंगलबार

देउरालीको प्रसाद खाएका २५ जना बिरामी

कात्तिक १२, २०८१
अर्घाखाँची
देउरालीको प्रसाद खाएका २५ जना बिरामी

अर्घाखाँचीको सन्धिखर्कमा देउरालीको प्रसाद खाँदा २५ जना बिरामी भएका छन् ।​​

सन्धिखर्क नगरपालिका वडा नम्बर १ तारामार्ग  निवासी  दीपक केसीको  घरमा आइतबार देउराली पूजाको प्रसाद खाएका २५ जना बिरामी परेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख एवं प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए ।

बिरामीहरूमा झाडापखाला, बान्ता, ज्वरो, शरीर दुख्ने लक्षण देखिएको अर्घाखाँची अस्पतालका प्रमुख डाक्टर जगन्नाथ तिवारीले बताए ।

उनीहरू सबैको अवस्था सामान्य रहेको  छ ।

गए रातिदेखि बिरामी परेका उनीहरू दिउँसो उपचारका लागि अर्घाखाँची अस्पताल गएका थिए ।  ‘फुड पोइजन’ का कारण बिरामी परेको डाक्टर तिवारीको भनाइ छ ।​​

बिरामीहरूमध्ये २० जनाको अर्घाखाँची अस्पताल सन्धिखर्क, ४ जनाको ओमपोलि क्लिनिक र १ जनाको अर्घाखाँची हस्पिटल प्रालिमा उपचार भइरहेको अर्घाखाँची प्रहरी प्रमुख मल्लको भनाइ छ ।

घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्