२८ जेठ २०८३, बिहीबार

टिकापुर विमानस्थलमा परीक्षण उडान गरियो

कात्तिक १२, २०८१
काठमाडौं
टिकापुर विमानस्थलमा परीक्षण उडान गरियो

नेपाल वायुसेवा निगमको जहाजबाट सोमबार टिकापुर विमानस्थलमा परीक्षण उडान गरिएको छ।  निगमको जहाज ९एन–एबीयूबाट कैलालीको उक्त विमानस्थलमा परीक्षण उडान गरिएको प्रवक्ता रमेश पौडेलले जानकारी दिए । 

उनका अनुसार परीक्षण उडानको लागि जहाज नेपालगन्जबाट स्थानीय समय अनुसार अपराह्न १२ः४५ मा उडान भरी १३ः१५ मा टिकापुर विमानस्थलमा अवतरण भएको थियो । उक्त परीक्षण उडानमा नेपाल वायुसेवा निगम र नेपाल नागरिक उड्डयन प्राधिकरणका प्राविधिकहरूको संयुक्त टोली सम्मिलित रहेको उनले बताए । 

निगमले जहाजको उपलब्धता भएसँगै नेपालगन्ज–टिकापुर–नेपालगन्ज सेक्टरमा यथासक्य चाँडै नियमित उडान सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ । यसका लागि निगमका कार्यकारी अध्यक्ष  युवराज अधिकारीको विशेष निर्देशन रहेको पौडेलको भनाइ छ । 

salt training

कमेन्ट गर्नुहोस्