३२ असार २०८३, बिहीबार

रविको रिहाइ माग गर्दै रास्वपाले आज बालुवाटारमा प्रदर्शन गर्ने

कात्तिक १३, २०८१
काठमाडौं
रविको रिहाइ माग गर्दै रास्वपाले आज बालुवाटारमा प्रदर्शन गर्ने
फाइल तस्वीर

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा विरोध प्रदर्शन गर्ने भएको छ । 

सहकारी ठगीमा पार्टी सभापति रवि लामिछाने पक्राउ परेपछि आन्दोलनरत रास्वपाले आज बालुवाटारमा विरोध प्रदर्शन गर्न लागेको हो । 

विरोध प्रदर्शनलाई रचनात्मक बनाउन भन्दै रास्वपाले नारा, गीत, कविता, ब्यंग्य, मन्तव्य प्रस्तुत गर्ने जनाएको छ ।

१२ बजेदेखि साढे २ बजेसम्म हुने प्रदर्शनको उपसभापति डीपी अर्यालले समापन गर्नेछन् ।

काठमाडौंबाट पक्राउ परेका सभापति लामिछाने कास्की प्रहरीको हिरासतमा छन् ।

salt training

कमेन्ट गर्नुहोस्