०२ साउन २०८३, शनिबार

विश्वप्रकाश शर्माको संयोजकत्वमा स्थानीय तह उपनिर्वाचन संयोजन समिति गठन

कात्तिक १४, २०८१
काठमाडौं
विश्वप्रकाश शर्माको संयोजकत्वमा स्थानीय तह उपनिर्वाचन संयोजन समिति गठन

सत्तारुढ दल नेपाली कांग्रेसले ‘स्थानीय तह उपनिर्वाचन– २०८१ केन्द्रीय संयोजन समिति’ गठन गरेको छ ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज विज्ञप्ति जारी गर्दै पार्टी महामन्त्री विश्वप्रकाश शर्माको नेतृत्वमा समिति गठन गरेको जानकारी दिएका हुन् ।

कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको विधान, २०१७ (संशोधनसहित) बमोजिम पार्टीका महामन्त्री शर्माको संयोजकत्वमा उक्त समिति गठन गरेका हुन् ।

समितिको सदस्यमा पार्टीका सहमहामन्त्रीहरू महालक्ष्मी उपाध्याय ‘डिना’, भीष्मराज आङ्देम्बे, महेन्द्र यादव र जीवन परियार साथै प्रवक्ता डा प्रकाशशरण महत, केन्द्रीय सदस्य पुष्पा भुसाल, मीन विश्वकर्मा र मधु आचार्य रहेका छन् ।

यस्तै, उक्त समितिको सदस्य सचिवमा प्रकाश शर्मा रहेका मुख्यसचिव पौडेलले बताए ।

salt training

कमेन्ट गर्नुहोस्