
साफ वुमन्स च्याम्पियनसिपमा नेपाल र बंगलादेशले १–१ गोलको बराबरीमा खेलिरहेका छन् ।
बंगलादेशले गोल गरेको ४ मिनेटपछि नै नेपालकी अमिशा कार्कीले गोल फर्काएसँगै खेल रोचक बनेको छ ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा बंगलादेशले ५२ औं मिनेटमा अग्रता लिएको थियो । बंगलादेशकी मोनिका चक्माले गोल गरेकी थिइन् । त्यसको ४ मिनेटपछि नेपालले गोल फर्काएको हो ।