
प्रधानमन्त्री केपी शर्मा ओलीले साफ महिला च्याम्पियनसिप फुटबलमा विजयी टिम र खेलाडीलाई पुरस्कार प्रदान गरेका छन् ।
बुधबार दशरथ रंगशालामा सम्पन्न फाइनल खेलमा नेपाल बंगलादेशसँग २–१ ले पराजित भएको थियो । खेलको छिनोफानो भएसँगै आयोजित कार्यक्रममा ओलीले विजयी टिम र खेलाडीलाई पुरस्कार प्रदान गरेका हुन् ।