१६ असार २०८३, मंगलबार

आजदेखि सर्वोच्चमा तिहार बिदा, प्रत्यक्षीकरणको रिटमाथि भने सुनुवाइ निरन्तर

कात्तिक १५, २०८१
काठमाडौं
आजदेखि सर्वोच्चमा तिहार बिदा, प्रत्यक्षीकरणको रिटमाथि भने सुनुवाइ निरन्तर

सर्वोच्च अदालतमा बिहीबारदेखि तिहार बिदा सुरु भएको छ । तर, तिहारको बिदामा पनि बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमाथि भने सुनुवाइ  हुने भएको छ ।

तिहार पर्वको बिदामा शनिबार र भाइटीकाबाहेक अरू दिन बिहान ११ देखि अपरान्ह ३ बजेसम्म अदालत खुला रहने सर्वोच्च अदालत प्रशासनले जनाएको छ ।

‘दीपावली, २०८१ को उपलक्ष्यमा कात्तिक १५ देखि १९ गतेसम्म सर्वोच्च अदालत बन्द रहने हुँदा न्याय प्रशासन ऐन, २०७३ को दफा २६ बमोजिम उक्त अवधिमा पर्ने भाइटीका र शनिबारको दिनबाहेक अन्य दिनहरूमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन लिई सुनुवाइ गर्न बिहान ११ देखि अपरान्ह ३ बजेसम्म अदालत खुला रहनेछ’, सर्वोच्च अदालत प्रशासनले निकालेको सूचनामा भनिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्