
मकालु गाउँपालिका–५ फ्याक्सिन्दा दोभानमा ट्रिपर दुर्घटना हुँदा अरुण तेस्रो जलविद्युत् परियोजनामा कार्यरत दुई जना भारतीय मजदुरको मृत्यु भएको छ ।
मकालु–५ फ्याक्सिन्दा दोभानमा एचपी ११–४९३३ नम्बरको ट्रिपर बुधबार साँझ दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।
दुर्घटनामा अरुण तेस्रो परियोजनामा कार्यरत ट्रिपर चालक भारतीय नागरिक ५७ वर्षीय शैलेन्द्रप्रताप सिंह र ट्रिपरमा सवार २९ वर्षीय सारुक महमद रहेको उनले बताए ।
दुर्घटनामा परेर दुई जना घाइते भएका छन् । उनीहरू पनि भारतीय नागरिक नै हुन् ।
उनीहरूको खाँदबारीस्थित जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।