०८ असार २०८३, सोमबार

ट्रम्पको अनुहारजस्तो कान भएको कुकुरको तस्वीर भाइरल

कात्तिक २२, २०७४
ट्रम्पको अनुहारजस्तो कान भएको कुकुरको तस्वीर भाइरल

काठमाडौं, २२ कात्तिक — बेलायतमा बस्ने जेड रबिन्सनको कुकुरको कान आजकल सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । कुकुरको कानको भित्री बनोट अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पको अनुहारसँग मिल्ने बताइएको छ । 

जेड रबिन्सनको घरपालुवा कुकुर चीफको कानमा इन्फेक्सन भएको थियो । त्यसपछि चिन्तित रबिन्सनले कुकुरको कानको फोटो भेटेरिनेरियन डक्टरलाई पठाइन् । त्यसपछि तस्वीर भाइरल भयो ।

चीफको कानमा सिस्ट थियो र त्यो ट्रम्पको अनुहारसँग हल्का मिल्थ्यो । जेडका साथीहरूले उनलाई यसका बारेमा बताए । सबैले ट्रम्पको अनुहारसितै कान मिल्छ भने । 

चीफ सुतिरहँदा जेडले यो तस्वीर लिएकी थिइन् । कुकुरको कान प्रसिद्ध भएकोमा जेड खुशी छिन् । 

अहिले उनले अनलाइन पेज बनाएर चीफको कानको उपचारका लागि पैसा जुटाइरहेकी छन् । 

केही मानिस चाहिँ कुकुरको कानमा ट्रम्पको तस्वीर देखिनु मनोवैज्ञानिक कारण मात्र भएको बताउँछन् । 

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्