२५ असार २०८३, बिहीबार

स्पेनको बाढीमा परेर मृत्यु हुनेको सङ्ख्या १५८ पुग्यो

कात्तिक १६, २०८१
काठमाडौं
स्पेनको बाढीमा परेर मृत्यु हुनेको सङ्ख्या १५८ पुग्यो

स्पेनमा आएको बाढीका कारण मर्नेको सङ्ख्या १५८ पुगेको छ । प्रधानमन्त्री पेड्रो साँचेजले तत्कालका लागि मानिसको जीवन बचाउनु नै महत्त्वपूर्ण भएको बताए ।

बिहीबार १२ सय जनालाई ड्रोनमार्फत राहत वितरण गरियो भने केहीलाई सुरक्षित स्थानमा लगिएको बीबीसीले जनाएको छ ।

बाढीका कारण कत्तिको उद्धार कार्य अत्यन्त कठिन भएको छ।

मंगलबार बाढी आएलगत्तै नै ९० जना भन्दा बढीको ज्यान गएको थियो। स्पेनको जलवायु निकायका अनुसार भ्यालेन्सियाको चिभामा एक वर्षमा हुने गरेको जत्ति वर्षा त्यस दिनको ८ घण्टामा नै भएको जनाएको छ ।

स्थानीयको सही समयमा पूर्वसूचना गर्न संयन्त्र चुकेको आरोप लगाएका छन् । 


 

salt training

कमेन्ट गर्नुहोस्