२६ जेठ २०८३, मंगलबार

मिनी ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

कात्तिक १६, २०८१
काठमाडौं
मिनी ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

लिखु गाउँपालिका–६ छहरेमा मिनीट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । 

जिल्ला प्रहरी कार्यालयका प्रमुख शान्तिराज कोइरालाका अनुसार टोखा–छहरे सडकमा गएराति भएको दुर्घटनामा तादी गाउँपालिका–३ का ३५ वर्षीय विनोद चौलागाईँको मृत्यु भएको हो । 

दुर्घटनामा तादी–३ का राजाराम श्रेष्ठ गम्भीर घाइते भएका छन् । निजको ग्रिनसिटी अस्पताल काठमाडौंमा उपचार भइरहेको छ । 

दुर्घटनापछि मिनीट्रकका चालक फरार रहेकाले निजको खोजी भइरहेको उनले बताए ।

salt training

कमेन्ट गर्नुहोस्