०१ असार २०८३, सोमबार

हात्तीको आक्रमणबाट श्रीमतीको मृत्यु, श्रीमान्‌ले भागेर ज्यान जोगाए

कात्तिक १६, २०८१
रौतहट
हात्तीको आक्रमणबाट श्रीमतीको मृत्यु, श्रीमान्‌ले भागेर ज्यान जोगाए

जङ्गली हात्तीको आक्रमणबाट रौतहटको फतुवा–विजयपुर नगरपालिका वडा नम्बर ११ बुट्वा–राङी गाउँमा एक वृद्धाको मृत्यु भएको छ ।

आफ्नै घरमा सुतिरहेको अवस्थामा आज हात्तीले आक्रमण गर्दा ७० वर्षीया पातली तामाङको बिहान मृत्यु भएको इलाका प्रहरी कार्यालय विजयपुरका प्रहरी निरीक्षक इन्द्रमणि अधिकारीले जानकारी दिए ।

प्रहरी निरीक्षक अधिकारीका अनुसार जङ्गली हात्तीले बिहान एक्कासि आक्रमण गर्दा वृद्धाको मृत्यु भएको हो भने उनका श्रीमान्‌ले भागेर ज्यान बचाएका छन् । घर पूर्णरूपमा क्षति भएको तथा सँगैको अर्को घरमा समेत हात्तीले क्षति पुर्‍याएको प्रहरीले जनाएको छ ।

घटना भएको जानकारी प्राप्त हुनासाथ जिल्लास्थित नेपाल प्रहरी, डिभिजन बन कार्यालय र सशस्त्र बेस क्याम्प विजयपुरको प्रहरी टोली बुट्वा–राङी गाउँ पुगी स्थानीयसँगको सोधपुछपछि अहिले थप अनुसन्धान प्रक्रियामा जुटेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्