२८ जेठ २०८३, बिहीबार

हरि अभिनव प्रतिभा पुरस्कार प्रा डा दीर्घराज घिमिरेलाई

कात्तिक १६, २०८१
काठमाडौं
हरि अभिनव प्रतिभा पुरस्कार प्रा डा दीर्घराज घिमिरेलाई

अभिनव साहित्य समाजले यस वर्षको हरि अभिनव विद्वत् प्रतिभा पुरस्कार दर्शनशास्त्रका ज्ञाता प्रा डा दीर्घराज घिमिरेलाई प्रदान गर्ने भएको छ ।

  पूर्वीय दर्शन र दर्शनशास्त्रका विभिन्न क्षेत्रमा सक्रिय घिमिरेलाई यस वर्षको उक्त पुरस्कार दिने निर्णय गरिएको समाजका अध्यक्ष गोविन्दप्रसाद घिमिरे वेदमणिले जानकारी दिए । समाजले २०६५ सालदेखि हरिप्रसादको जन्म महिना पारेर कात्तिकमा पुरस्कार वितरण गर्दै आएको छ ।

समाजले २०६५ सालदेखि नै संस्कृति, दर्शन, ज्योतिष र साहित्यको क्षेत्रमा उल्लेखनीय योगदान दिने व्यक्तित्वलाई पुरस्कृत गर्दै आएको छ । पहिलोपटक २०६५ सालमा यो पुरस्कार प्राज्ञ डा जगमान गुरुङलाई प्रदान गरिएको थियो । विसं २०६५ मा समाजको अध्यक्ष समेत रहनुभएका घिमिरेले अक्षयकोषमा रु चार लाख राखी पुरस्कार स्थापना गरेका हुन् ।

हरिप्रसाद राजधानीको उत्तरपूर्वी भेगमा ख्यातिप्राप्त ज्योतिषीका रुपमा स्थापित थिए । पुरस्कार यही कात्तिक २४ गते शनिबार गोकर्णेश्वर नगरपालिका–५ स्थित भैरव स्मृति भवन, नयाँवस्तीमा आयोजना हुने २७३ औँ मासिक साहित्यिक शृङ्खलाका अवसरमा वितरण गरिने समाजले जनाएको छ । पुरस्कारको राशि रु ३० हजार रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्