
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले शुक्रबार उत्तरी गाजामा बालबालिकाका लागि पोलियो खोपको आवश्यक दोस्रो चरण शनिबार सुरु हुने बताएको छ । यसअघि इजरायली बमबारीले खोप अभियान रोकिएको थियो ।
गाजा क्षेत्रमा पोलियो खोपको अन्तिम चरण अघि बढ्नसक्ने घोषणा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले इजरायलसँग अभियान तुरुन्त पूरा गर्न आग्रह गरेको एक दिनपछि आएको हो ।
घेराबन्दीमा रहेको प्यालेस्टिनी क्षेत्रमा पोलियोको पहिलो केस २५ वर्षपछि पुष्टि भएसँगै खोप अभियान सेप्टेम्बर १ मा सुरु भएको हो ।