नेपालीहरूको दोस्रो ठूलो चाड तिहारको रमझम चलिरहेको छ । विभिन्न सिलसिलामा घरबाट टाढा रहेकाहरू गाउँ फर्किएका छन् । गाउँमा रमझम छ ।
तर, तिहार मनाउन मानिसहरू घर फर्किएपछि काठमाडौं उपत्यकाका सडकहरूमा सवारी चाप निकै कम भएको छ ।
भोलि आइतबार भाइटीका लगाइँदै छ ।
त्यसअघि शनिबार काठमाडौं उपत्यकाका सडकहरूमा सवारी चाप एकदमै न्यून देखिएको हो ।
कतिपय सडक त खाली देखिएका छन् ।