२५ जेठ २०८३, सोमबार

दिल्ली जान लागेको एयर इन्डियाको जहाजमा बमको हल्ला

कात्तिक १७, २०८१
काठमाडौं
दिल्ली जान लागेको एयर इन्डियाको जहाजमा बमको हल्ला

एयर इन्डियाको जहाजमा बम रहेको सूचनापछि सबै यात्रुलाई ओरालेर चेकजाँच गरिएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६८ यात्रु लिएर शनिबार दिउँसो दिल्ली फर्किन लागेको जहाजमा बम रहेको सूचना आएपछि सबै यात्रु ओरालेर चेकजाँच गरिएको हो ।

जाँचका क्रममा विमान केही पनि विस्फोटक पदार्थ नभेटिएको विमानस्थल प्रहरी प्रमुख एसएसपी डम्बरबहादुर विकले लोकान्तरलाई जानकारी दिए ।

'सबै यात्रुलाई ओरालेर जाँच गर्दा केही पनि भेटिएन, अब केहीबेरमा जहाजले उडान भर्नेछ,' उनले भने ।

उनका अनुसार दिल्ली फ्लाइटको तयारी गरिरहेका बेला शनिबार दिउँसो ४ बजेर ३१ मिनेटमा बम रहेको सूचना आएको थियो ।​ ​​

दिल्ली जानका लागि सबै यात्रुको बोर्डिङ भई सकेको थियो । साथै यात्रुहरूको लगेज ब्यागसमेत लोड गरिसकिएको थियो ।

सबै लगेजहरू झारेर पुन: कुकुर समेतको प्रयोग गरी जाँच भएको एसएसपी विकले बताए ।

जहाजमा केही पनि विस्फोटक पदार्थ नभेटिएपछि उडानको तयारी गरिएको हो ।

salt training

कमेन्ट गर्नुहोस्