२५ असार २०८३, बिहीबार

कमला नदीमा अस्थायी पुल निर्माण

कात्तिक १७, २०८१
सिरहा
कमला नदीमा अस्थायी पुल निर्माण

सिरहा र धनुषा  जिल्लालाई जोड्ने हुलाकी सडकअन्तर्गत कमला नदीमा काठको अस्थायी पुल निर्माण गरिएको छ ।

कमला नदीको पुल भत्किँदा नदी पार गर्न समस्या भएपछि सिरहा नगरपालिकाले उक्त पुल निर्माण  गरेको हो । 

नदी पार गर्न साइकल यात्रुबाट शुल्क नलिए पनि मोटरसाइकल चालकबाट भने २० रुपैयाँ शुल्क लिने गरिएको सिरहा–६ का  वडाध्यक्ष इन्द्रजीत यादवले बताए ।

सिरहा नगरपालिकाले पुलको दुवैतर्फ नगरपालिकाका कर्मचारी खटाएको छ । यसअघि व्यक्तिगतरूपमा पुल निर्माण गरी रकम लिने गरेकोमा अब भने नगरपालिकाले यसबाट राजश्व सङ्कलन गर्ने उनले बताए । 

'सङ्कलन भएको रकमबाट पुल मर्मत सम्भार गरिने छ,' वडाध्यक्ष यादवले भने ।

हुलाकी सडकअन्तर्गत सप्तरी–सिरहा खण्डमा सडक कालोपत्र गरिए पनि कमला नदीमा पक्की पुल नबन्दा समस्या भएको छ ।

यसअघि निर्माण गरिएको कमला नदीको पक्की पुल २०७८ असार १७ गतेको बाढीले भासिएको थियो ।

त्यसयता उक्त पुल पुनःनिर्माण हुन नसकेको वडाध्यक्ष यादवले बताए ।

salt training

कमेन्ट गर्नुहोस्