०६ असार २०८३, शनिबार

सामान्य विवादमा चक्कु प्रहार हुँदा एकको मृत्यु

कात्तिक १८, २०८१
काठमाडौं
सामान्य विवादमा चक्कु प्रहार हुँदा एकको मृत्यु

तनहुँ जिल्लाको व्यास नगरपालिका–१० अधेरीभञ्ज्याङमा शनिबार साँझ चक्कु प्रहारबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नुवाकोटका ४७ वर्षीय दिलीप तामाङ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।  

प्रहरीले चक्कु प्रहारमा सङ्लग्न भक्तपुरका विशाल थापालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विकास पासवानले जानकारी दिए । 

व्यास नगरपालिका–१० देखि ७ जोड्ने पराशर मार्गमा काम गर्ने दुई मजदुरबीच सामान्य विवाद हुँदा थापाले चक्कु प्रहार गरेका थिए । प्रहरी निरीक्षक पासवानले भने, “सामान्य विवाद हुँदा गालीगलौज भएपछि खाना बनाउने क्रममा तामाङमाथि चक्कु प्रहार भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।”  यहाँ विश्व बैङ्कको सहयोगमा व्यास नगरपालिकाका चार वडा जोड्ने सडक स्तरोन्नति काम भइरहेको थियो । 

salt training

कमेन्ट गर्नुहोस्