
केमी बेडनक बेलायतको कन्जरभेटिभ पार्टीको नयाँ नेता बनेकी छन् । कन्जरभेटिभ दलले उनलाई शनिबबार नयाँ नेता चुनेको हो ।
नेता चुनिएसागै उनले मतदाताको विश्वास जित्न कन्जरभेटिभ पार्टीलाई आफ्नो मूल सिद्धान्तमा फर्काउने वाचा गरेकी छन् । आफ्नो विजयी सम्बोधनमा उनले पार्टीका सदस्यहरुलाई भने, 'अब काम गर्ने र नयाँ परिवर्तन गर्ने बेला आएको छ।'
बेडनक नाइजेरियाली मूलकी हुन् र बेलायतमा प्रमुख पार्टीको नेतृत्व गर्ने पहिलो अश्वेत महिला हुन् ।
४४ वर्षकी केमी बेडनक ब्रेक्सिटको कडा समर्थक हुन् । उनी आप्रवासी मुद्दाहरू र ट्रान्स समुदायका अधिकारहरूमा खुला विचार र कडा अडानका लागि परिचित छन्।
यसअघि यो पद बेलायतका पूर्वप्रधानमन्त्री ऋषि सुनकसँग थियो । जसको नेतृत्वमा कन्जरभेटिभ पार्टीले सन् १८३२ को जुलाईमा सबैभन्दा खराब प्रदर्शन गरेको थियो।
सन् २०२४ को चुनावमा कन्जरभेटिभ पार्टीले २०० भन्दा बढी सिट गुमाएको थियो ।