२३ असार २०८३, मंगलबार

नगद नौलाखसहित जुवाको खालबाट १५ जना पक्राउ

कात्तिक १८, २०८१
काठमाडौं
नगद नौलाखसहित जुवाको खालबाट १५ जना पक्राउ

बराहक्षेत्र नगरपालिका– ३ नडाहास्थित एक घरबाट ९ लाख ६८ हजार नगदसहित जुवा खेलिरहेका १५ जना पक्राउ परेका छन् । 

जिल्ला प्रहरी कार्यलयका प्रमुख सुमनकुमार तिमिल्सिनाका अनुसार जुवाको खालबाट १२ थान मोबाइल पनि बरामद गरिएको छ । 

अभियुक्तहरूलाई महेन्द्रनस्थित इलाका प्रहरी कार्यलयमा राखेर अनुसन्धान थालिएको छ । 

निजहरूबाट केही सार्वजनिक (अपराध र सजाय) ऐन, २०२७ को वर्खिलाप कसूर भएकाले सोही ऐनअनुसार कारबाही प्रक्रिया अघि बढाइने छ । 

salt training

कमेन्ट गर्नुहोस्